पहिलोपटक किमले भेटे पुटिनलाई, अमेरिकालाई एक्ल्याउने रणनीति

मस्को, अमेरिकासँग सम्बन्धमा कुनै सुधार नआएपछि उत्तर कोरियाली राष्ट्रपति किम जोङ ईल मस्को पुगेका छन् ।

अमेरिकी एकल ध्रुवीय विश्व राजनीतिमा फरक धारको अनौपचारिक नेतृत्व गर्दै आएको रुससँग सम्बन्ध बिस्तार गर्न किम मस्को पुगेको जनाइएको छ ।
आफ्नै नीजि रेलमा हिजो बुधबार रुस पुगेका किमले आज रुसी राष्ट्रपति पुटिनसँग भेट गरेका छन् । यो किमको पुटिनसँग पहिलो भेट हो ।

द्विपक्षीय भेटका अवसरमा किमले उत्तर कोरिया र रुसबीचको द्विपक्षीय सम्बन्धले कोरियन प्रायद्विपको समस्या हल गर्न मद्दत गर्ने बताए । भेटका अवसरमा पुटिनले उत्तर कोरियाको सर्वोच्च शासक भएकोमा बधाई दिँदै यो भेटले दुई देशबीचको सम्बन्धमा थप विकास गर्ने र कोरियन प्रायद्विपको समस्या हल गर्न समेत यसले सहयोग पुर्याउने बताए । यसका साथै अमेरिकासँग कोरियाले शान्तिका लागि गरिरहेको प्रयासको समेत उनले सराहना गरे ।

I’m very happy to have you in Russia. Our colleagues have agreed about it a long time ago. First of all, I’d love to congratulate you with being elected on a high role — as a head of DPRK. I sent you a letter, but I’m happy to congratulate you with this now in person. I’d like to say that last year we celebrated 70 years of diplomatic ties between our countries.
I’m sure your visit to Russia will also help to develop our bilateral relations and will help us to understand the ways we can help to settle the situation on the Korean Peninsula, what can be done together, what Russia can do to support the positive processes that are taking their place now. We welcome your efforts on developing inter-Korean dialogue and your efforts on normalizing the US-North Korean relations. And of course, in terms of bilateral agenda, we need to achieve a lot to develop trade and economic ties and humanitarian ties

भेटपछि मिडियासँग कुरा गर्दै कोरियाली नेता किमले रुसी राष्ट्रपतिसँगको वार्ता निकै लाभदायी हुने विश्वास व्यक्त गरे । व्यस्त समयका वावजूद पनि समय दिएकोमा पुटिनलाई धन्यवाद दिँदै किमले रुस र कोरियाबीचको ऐतिहासिक सम्बन्धलाई अझै उचाईमा लैजान यो बैठकले निकै महत्वपूर्ण योगदान पुर्याउने उनले बताए ।

I have already congratulated you through a letter in the previous year, but I would like to congratulate you on this opportunity once again for taking up the duty of leading the great Russian people in last year’s presidential election and for passionately working now.
I think it will be a meeting that will be very beneficial to constructively developing our two nation’s relations which boasts a long history and tradition of friendship into one that is more firm and whole.

अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध लगाएकै बेला यो भ्रमणले कोरियाले अन्तर्राष्ट्रिय समर्थन खोज्न थालेको टिप्पणी गरिएको छ । आणविक अस्त्रको चरम विकास गरेको कोरिया र अमेरिकाबीच दुईपटक शीर्ष वार्ता भएपनि शान्तिपूर्ण निकास निस्केको छैन । अमेरिकाले कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त पार्न दबाब दिएपनि कोरियाले भने अमेरिकाले समेत सोही बमोजिम अघि बढनुपर्ने अडान लिँदै आएको छ ।

कोरियाले परमाणु अस्त्र परीक्षण गरेपछि उसमाथि झनै प्रतिबन्ध लगाइएको छ । यसले गर्दा कोरियाको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ । अहिले पुटनसँगको भेटघाटका पछाडि रुसबाट विगत जस्तो सहयोगको अपेक्षा कोरियाले गरेको हुनसक्ने अपेक्षा गरिएको छ । यद्यपी रुसले खुलेर कोरियालाई सहयोग गर्ने अवस्था भने छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: