एनसेलविरुद्ध वाइसिएलदेखि क्रान्तिकारीसम्म, जारी गरे यस्तो विज्ञप्ती

काठमाडौं, वैशाख १२ । सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिमकार्ड नचलाउन अपिल गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न थालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले विज्ञप्ति जारी गरेका छन् ।

याे पनि पढ्नुस  एनसेल मेला हाटखोलामा नाचगान

संगठनका अध्यक्षहरुले जारी गररेको विज्ञप्तिमा भनिएको छ, ‘एनसेललाई कर छुट दिने वा कुनै प्रकारका विषेश सहुलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न सम्बद्ध निकायहरुसँग आग्रह गर्दछौं । साथै, एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दा एनसेलको सिमकार्ड प्रयोग नगर्न नगराउन मातहतका सबै साथीहरु र आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

याे पनि पढ्नुस  बाढी प्रभावित जिल्लाका एनसेल ग्राहकद्वारा १ करोड ६६ लाखभन्दा बढि निःशुल्क एसएमएस आदानप्रदान

२४ घण्टाभित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गरिने यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।’ एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर कानून सम्मत नभएको भन्दै थोरै कर तिर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ ।

यस्तो छ प्रेस विज्ञप्ती

याे पनि पढ्नुस  एनसेलको सेयर बिक्री गर्दा ३ अर्ब कर छली गरेको मुद्दामा १५ महिनापछि सर्वोच्चले मगायो फाइल

कमेन्ट गर्नुहोस्