एक महिनासम्म धनगढी विमानस्थल बन्द

कैलाली, वैशाख १२ । एक महिनाका लागि धनगढी विमानस्थल बन्द हुने भएको छ । धावन मार्ग जिर्ण भईसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिनासम्मका लागि विमानस्थल बन्द हुने भएको हो ।

विमानस्थलका प्रमुख तेज बहादुर थापाले झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि विमानस्थल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्रिभुवन विमानस्थल पछिको ठूलो धावनमार्ग रहेको यो विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: