विप्लवलाई गृहमन्त्रीको सन्देशः हिंसा रोकेर आऊ, सरकार वार्ता गर्न तयार छ

बिराटनगर, गृहमन्त्री राम बहादुर थापाले विप्लव समूहले हिंसात्मक गतिविधि बन्द गरे वार्ताका लागि सरकार तयार भएका बताएका छन् ।

प्रदश नम्बर एकको सुरक्षा गोष्ठिमा सहभागी हुने क्रममा बोल्दै मन्त्री थापाले हिंसात्मक गतिविधि बढाउँदै लगेकोले प्रतिबन्ध लगाउनु परेको प्रष्ट्याए ।

विप्लव समूह हिंसा रोकेर आए राजनैतिक रुपले वार्ता गर्न सरकार तयार रहेको उनको भनाई थियो ।
भूमिगत राजनीतिक गतिबिधिको आवरणमा हुँदै आएका आपराधिक र ध्वंसात्मक गतिबिधिहरु नियन्त्रण गर्न सरकार सफल भएका बताउँदै शान्ति सुरक्षा कायममा सरकारले प्रगति हासिल गरिरहेको दाबी गरे ।

त्यस्तै पार्टी एकताबारे बोल्दै गृहमन्त्री थापाले एकताले भद्रगोल अवस्थालाई अन्त गरेर पार्टीलाई बलियो बनाएको दाबी गरे । उनले दोहोरो जिम्मेवारी पाएका र घटुवा बढुवामा परेकाहरुको हकमा पुनस् छलफल गरेर समस्या समाधान गर्न सकिने आधार खुल्ला भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्