एसीसी यू–१६ क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो २३५ रनको लक्ष्य

काठमाडौं, वैशाख १२ । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट अन्तर्गत आयोजक थाइल्याण्ड विरुद्धको खेलमा नेपालले २३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।थाइल्याण्डको चियाङ माईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेटको क्षतिमा २३४ रन बनायो ।

नेपालका लागि आएश भट्टराईले सर्बाधिक ५८ रन प्रहार गरे । उनले ९ चौकाको मद्दतमा ५८ रन प्रहार गरेका हुन् । यस्तै कप्तान विशाल विक्रम केसीले ३१ बलमा ३८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । दीपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्का सहित ३५ रन जोडे ।

आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ साझेदारी गरेपछि नेपालले २३४ रन बनाएको हो । ब्यक्तिगततर्फ विशालले २३ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए । त्यस्तै निखिलले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे ।

बलिङतर्फ नाराविट नुन्टाराचले तीन विकेट लिए भने योद्सक सारानोनाकुनले २ विकेट लिए । पहिलो खेलमा म्यानमारलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको नेपाल आजको खेलमा विजयी भए समूह विजेता बन्दै सेमिफाईनलमा पुग्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: