‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौंं, वैशाख १२ । दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ को उत्कृष्ट पाँच मनोनय सूची सार्वजनिक भएको छ। आयोजक योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली ४८ बिधामा उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरेको हो ।

नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले आयोजना हुन लागेको यो अवार्डमा आयोजकले निःशुल्क आवेदन भन्ने ब्यवस्था गरेको थियो । प्रोत्सान र जुरी अवार्डसहित कुल ४८ बिधामा बितरण गरिने अवार्डमा २०७५ वैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत–संगीतको सहभागिता रहेको छ ।

अवार्ड वितरण मिति केही दिनमा एक कार्यक्रमसहित घोषणा गर्ने आयोजक आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए । अवार्डमा मोटिङको ब्यवस्था पनि गरिएको छ । भोठिङका लागि ३५००५ मा भोटिङ कोड लेखेर एसएमएस गर्नु पर्नेछ ।

कमेन्ट गर्नुहोस्