२० हजार घुससहित मालपोत कार्यालयका सहयोगी पक्राउ

काठमाडौं, वैशाख १२ । मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुससहित पक्राउ परेका छन् ।

चौधरीले सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियारलाई प्राप्त विशेष सूचना एवम् उजुरीको आधारमा आयोगको टोलीले चौधरीलाई २० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनीमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: