ऊर्जा क्षेत्रमा लगानी गर्न विश्व बैंकको चासो

काठमाडौं, वैशाख १२ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि विश्व बैंकको कन्ट्री म्यानेजर सरिस एच हडाडसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबास्थित उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा उर्जा क्षेत्रको प्रभावकारीता र सहयोगको बारेमा छलफल भएको छ ।

छलफलको क्रममा विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । मन्त्री पुनसँगको भेटमा विश्व बैंकका म्यानेजरले यस्तो चासो देखाएका हुन् । भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गेका छन् ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा गरिने लगानी नाफामूलक र सुरक्षित हुने विश्वास दिलाए । राजनीतिक संक्रमण पूरा भइसकेको नेपालको अबको मुख्य एजेन्डा आर्थिक विकास रहेको बताउँदै उनले ऊर्जामा लगानीको ठूलो सम्भावना रहेको बताए । छलफलको क्रममा नुवाकोटमा निर्माण भइरहेको नेपालको सबैभन्दा ठूलो सोलार प्रोजेक्टको बारेमा छलफल भएको उर्जा सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा विश्व बैंकले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न चाहेको डाइरेक्टरले बताएका थिए । भेटवार्ताको क्रममा मन्त्री पुनले ट्रान्मिसन मास्टर प्लान अनुसार प्रशारण लाइन विस्तारमा लगानी गर्नका लागि अनुरोध गरेका थिए । ‘उर्जा आर्थिक विकासको चालक हो, लगानी मैत्री कानुन बन्दैछ । विद्युत नियमन आयोग ऐन र नियमावली बनिसकेको छ ।’ मन्त्री पुनले कन्ट्री म्यानेजरलाई बताए । समाचारदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: