काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तीन खेल जीतेर ‘प्लेअफ’ पुग्ने सम्भावना कायमै राखेको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ठूलो झड्का लागेको छ ।
टिमका लागि महत्वपूर्ण खेलाडी मानिएका दक्षिण अफ्रिकी तीव्र गतिका बलर डेल स्टेन घाइते भएपछि बैंग्लोरलाई ठूलो झड्का लागेको हो ।
घुँडाको चोटका कारण उनी जारी आइपीएलबाट बाहिरिएका छन् । स्टेन २ वर्षपछि आइपीएलमा ‘कम ब्याक’ भएका थिए । यो संस्करणमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । स्टेनले यो आइपीएलमा २ खेलमा ४ विकेट लिएका छन् ।