आइपीएलको बिचमै को–को खेलाडी फर्किदै छन् स्वदेश?

काठमाडौं, वैशाख १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करण विगतजस्तो रामोञ्च नहुने भएको छ । यसको प्रमुख कारण हो वान डे विश्वकप ।

विश्वकपमा लागि अधिकांश विदशी खेलाडी स्वदेश फर्किने भएपछि यो पटकको आइपीएल रोमाञ्च केही फिक्का हुने भएको हो ।

३० मेदेखि शुरु हुने विश्वकप खेल्नका लागि लगभग १८ विदेशी खेलाडी आइपीएलको बिचमै स्वदेश फिर्ता हुने पक्का जस्तै भएको छ । यद्यपि, वेस्ट इन्डिजका खेलाडी भने आइपीएलको बिचमै स्वदेश फिर्ता हुने संकेत देखिएको छैन । ८ टिमका कुन–कुन खेलाडी खेलाडी हुन्, जो आइपीएलको बिचमै स्वदेश फर्किदै छन्–

चेन्नई सुपर किंग्सः फाफ डू प्लेसिस, इमरान ताहिर
दिल्ली क्यापिटल्सः कागिसो रबाडा
मुम्बई इन्डियन्सः जोसन बेहरेनड्रफ, क्विन्टन डी कक

सनराइनजर्स हैदराबादः केन विलियसम्सन, डेविड वार्नर, जोनी बेयरस्टो, शाकिब अल हसन,
किंग्स इलाभेन पन्जावः डेविड मिलर
कोलकाता नाइट राइडर्सः जो डेनली

रोयल च्यालेन्जर्स बैंग्लोरः डेल स्टेन, मोइन अली, मार्कस स्टोइनिस
राजस्थान रोयल्सः जोस बटलर, स्टीव स्मिथ, बेन स्टोक्स, जोफ्रा आर्चर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: