कतारका राजदूतलाई सरकारले बोलायो फिर्ता

काठमाडौँ, बैशाख १२ । मन्त्रीपरिषद्को आजको बैठकले कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी कोइरालालाई फिरता बोलाइएको जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसको कोटामा दुई वर्ष अघि राजदूत भएर गएका राजदूत कोइरालाको भूमिकाप्रति पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असन्तुष्ट रहँदै आएको थियो ।

कसैले पूरा गरेनन् कार्यकाल

सन् २०१२ यता कतारमा पठाइएको राजदूतहरुले आफ्नो पूर्ण कार्यकाल बिताउन पाएका छैनन् । यसअघि तत्कालीन सरकारले मायाकुमारी शर्मालाई वर्ष नबित्दै फिर्ता बोलाएको थियो । उनी तत्कालीन माओवादी कोटामा राजदूत बनेकी थिइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: