श्रीलंका बम बिस्फोटः मृत्यु हुनेको संख्यामा संशोधन, मृतकको संख्या १०० घट्यो

एजेन्सी । श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइ दिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई सय ५३ छ । श्रीलङ्काको राजधानी कोलोम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकर्ताले होटल र चर्चलाई निशाना बनाएका थिए । यो बिस्फोटमा सयौं घाइते भएका थिए ।

बिस्फोटमा मृत्यु हुनेमा धेरैजसो श्रीलङ्काली नागरिक थिए साथै थुप्रै विदेशी नागरिकको पनि मृत्यु भएको थियो । जम्माजम्मी ९ बिस्फोट भएको थियो र पुलिसले थुप्रैलाई हिरासतमा लिएका छन् । पुलिसले घटनामा संलग्न ९ जनाको तस्बिर सार्वजनिक गरेको छ । ९ मध्ये आठ हमलाकर्ताको पहिचान श्रीलङ्काली नागरिकको रुपमा भएको छ । सरकारले उक्त हमलामा इस्लामिक स्टेटको हात छ कि भनेर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: