बेइजिङमा बीआरआई फोरम सुरु, राष्ट्रपति भण्डारी सहभागी

बेइजिङ, वैशाख १३ । चीनले आयोजना गरेको बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शीखर सम्मेलन बेइजिङमा शुक्रबार बिहान सुरु भएको छ ।

चीन भ्रमणको दोस्रो दिन बिहिबार बेइजिङ पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा रहेको नेपाली टोली शुक्रबार बिहान बीआरआई उद्घाटन समारोहमा सहभागी भएको छ।

चीनका राष्ट्रपति सी चिनफिङको पहलमा अगाडि बढेको बीआरआई परियोजनामा नेपालले दुई वर्षअघि हस्ताक्षर गरेको थियो। जसअन्तर्गत अहिले नेपालले कनेक्टिभिटि र जलविद्युत सहित ९ वटा परियोजनाहरू प्रस्ताव गरेको छ।

याे पनि पढ्नुस  उपत्यकामा चार ‘स्याटलाइट सिटी’ बन्ने

शुक्रबार बिहान उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले बीआरआई परियोजना कार्यान्वयनको चरणमा रहेको र व्यवहारिक सहकार्य हासिल गर्नु रहेको बताएका छन् यसको लक्ष्य रहेको बताएका छन् । ‘बीआरआईले कनेक्टिभिटि र व्यवहारिक सहकार्यलाई बढाउने छ। यो साझा विकास लक्ष्य हासिल गर्ने प्रयास हो’, सीले भने ।

याे पनि पढ्नुस  श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने

बीआरआईले विकासशील राष्ट्रहरूका लागि नयाँ अवसर सिर्जना गर्ने र चीनको खुल्लापन तथा सुधारको क्षेत्रमा नयाँ परिदृश्य खोल्ने सीले बताए । १५० देश तथा संगठनले बीआरआई परियोजनामा चीनसँग हस्ताक्षर गरेको जनाउँदै सीले भने, ‘पहिलो बीआरआई सम्मेलनको निर्णय सफलतापूर्वक लागू गरिएको छ ।’

चीनले अगाडि सारेको बीआरआई परियोजनामा १५० बढी देश सहभागी भएको भन्दै सीले पहिलो सम्मेलनको लक्ष्य अनुसार परिणाम आएको बताए ।

याे पनि पढ्नुस  सडकमा सुशीला कार्की

गतवर्ष भएको पहिलो बीआरआई सम्मेलनमा पनि नेपाल सहभागी भएको थियो। यसपाली दक्षिण एशियाबाट नेपालका राष्ट्रिपति र पाकिस्तानका प्रधानमन्त्री सम्मेलनका महत्वपूर्ण सहभागी हुन् । बीआरआईप्रति असहमति जनाउँदै आएको भारतले सम्मेलनमा सहभागिता जनाएको छैन ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ३७ देशबाट राष्ट्र तथा सरकार प्रमुख र उच्च नेताहरू सहभागी भएका छन् । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्