धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’

काठमाडौं, वैशाख १३ । चर्चित गायक बद्री पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्वजनिक गरेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्वजनिक गरेका हुन् । ‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्री पंगेनीले नै दिएका छन् ।

गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरीएको छ ।

खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्री पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

कमेन्ट गर्नुहोस्