‘नेपाल प्लस साइज मोडल’ छानिने

काठमाडौं, वैशाख १३ । नेपालमै पहिलो पटक मोटी युवतीहरुको लागि सिद्धि मिडियाले ‘नेपाल्स चब्बी मोडल’ आयोजना गरेको थियो । अहिले भने पुरुष तथा महिला दुवैका लागि ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना गर्ने भएको छ ।

‘मेरो कमजोरी मेरो क्षेमता’ नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता महिला तथा पुरुष दुबैले आवेदन दिन सक्ने छन् । सिद्धि मिडियाले बिहिबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ ।

प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।

समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दे उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने छ । प्रतियोगीले कार्यक्रममा निशुल्क प्रशिक्षण लिन सक्नेछन् ।
प्रतियोगिताका शिर्षसहित आधादर्जन बिधामा बिजेता छानिने छ । प्रतियोगितामा सहभागीताका लागि सिद्धि मिडियाको कार्यलयबाट आवेदन फर्म भर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्