कक्षा ११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, वैशाख १३ । यही वैशाख १५ गतेदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षा व्यवस्थित, भयरहित र मर्यादित बनाउन सबै सरोकारवालालाई शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलले सबै निकाय जिम्मेवार भएर हालै कक्षा १०को परीक्षामा देखिएका जस्तो अमर्यादित कार्य कुनैपनि हालतमा हुन नदिन राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएको बताइएको छ । प्रदेश नं.२ का बिभिन्न जिल्लामा परीक्षा अगाबै प्रश्नपत्र आउट भएपछि सरकारको चर्को बिरोध भएको थियो ।

कमेन्ट गर्नुहोस्