भारतीय सेनामा पहिलो पटक जवानको रुपमा महिला भर्ती खुला

एजेन्सी । भारतीय सेनामा पहिलो पटक महिलालाई जवानको रुपमा भर्ती खुलेको छ । यसअघि महिलालाई अधिकारीका रुपमा मात्रै सेनामा लिइने गरिन्थ्यो। बिहीबारदेखि भारतीय सेना र प्रहरीमा पहिलोपटक जवानका लागि पनि महिलालाई लिने प्रकृया सुरु गरिएको बताइएको छ । सेनाले मिलिटरी फोर्समा महिलाको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष लिएको छ ।

हाल १४ सशस्त्र फौजमा ६५ हजार अधिकारीहरु रहेका छन् । जसमध्ये स्थल सेनामा १ हजार ५ सय, वायु सेनामा १ हजार ६ सय र नौसेनामा ५ मात्रै महिला छन् । सेनाले भर्नाका लागि अनलाइन फारम खुलाएको छ । आवेदनका लागि जुन ८ सम्मको समयसीमा तोकिएको छ।

कमेन्ट गर्नुहोस्