धनगढीमा क्षेत्रीय शहरी विकास आयोजनाः संरचना आफैं हटाउने घरधनीलाई सम्मान गर्ने योजना

धनगढी, वैशाख १३ । क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतको सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई उप–महानगरपालिकाले सम्मान गर्ने भएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरबासीलाई आग्रह गरेका छन्।

आफ्नो संरचना आफैं हटाउनेलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना बनाएको छ नगरप्रमुख वडले भने, ‘यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडिको भत्काइएको भागमा रंग रोगन समेत गरिने छ । बिहीबारदेखि लागू हुने गरी आयोजनाले ४५ दिने सूचना जारी गरेको छ । आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र समेत कतिपय निजी संरचना छन् ।

आयोजना अन्तर्गतको बजेटले सडक निर्माण र कालो पत्रेका लागि डिजाइन तयार गरेर ठेक्का प्रक्रिया अगाडी बढाईएको छ । एसियाली विकास बैंकको आफ्नै प्रकृया छ नगरप्रमुख वडले भने, त्यसैले आयोजना निर्माणमा सकारात्मक भूमिका निभाउन म नगरबासीसँग अनुरोध गर्दछु । सडक निर्माण भएमा धनगढीको मुहार फेरिने छ नगरप्रमुख वडले भने, ‘ यसका लागि नगरबासीहरुको सकारात्मक सहयोग आवश्यक छ ।’

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा विभिन्न आकारका २३ वटा सडक निर्माण हुदैछन् नगरप्रमुख वडले भने, ‘पहिलो चरणमा ७ वटा सडक निर्माण हुने भएका छन् ।’

त्यसैगरी दोश्रो चरणमा बाँकी सडक निर्माण हुने छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडक चरणवद्ध निर्माण हुने पनि नगरप्रमुख वडले बताए ।

पहिलो चरणमा धनगढी मेनरोड, गुल्मचौराहा रोड, धनगढी क्याम्पस गेट– जाखोरताल रोड, धनगढी–खुटीया–स्याउले रोड अर्थात डिभोटी पिपलचौतरा (उपक्षेत्रीय सडक क्षेत्र) क्याम्पस गेटदेखि चटकपुर सडक रहेका छन् ।

त्यसैगरी हसनपुर रोड र मालपोत रोड पहिलो चरणमा निर्माण हुने गरि टेन्डर आव्हान गरिएको आयोजनाका इञ्जिनीयर एवम् सूचना अधिकारी रुपचन्द्र बुढाथोकीले जानकारी दिए । कुनैपनि सडकको मापदण्ड घटाईएको छैन धनगढी उपमहानगरपालिकाका डिभिजनल ईन्जीनियर द्धीजराज भट्टले भने, अघिकार क्षेत्रका सबै संरचना भत्काउदा आयोजना नै फिर्ता जाने अवस्था भएकाले अहिलेलाई मेनरोडमा सडकको संरचना २४ मिटर बनाईएको छ ।

ईन्जिनियर भट्टले क्षेत्रीय शहरी विकास आयोजनाको ईस्टिमेट नै २४ मिटरमा संरचना निर्माण गर्ने भएकाले त्यसलाई सडकको चौडाई घटाएको रुपमा नबुझ्न अनुरोध गर्दछौं । एसियालीविकास बैंकले निजी संरचनामा १० प्रतिशतमात्रै क्षति भएमा काम अगाडि नबढाउने भएकाले अधिकार क्षेत्रका संरचना तत्काल खाली नगर्ने भएपनि अधिकार क्षेत्रमा नयाँ संरचना निर्माण गर्न नदिने तथा हटाउन लगाउने पनि ईन्जीनियर भट्टले बताए ।

धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट साढे १० किलोमिटर सडक निर्माणका लागि मात्रै पुग्ने भएकाले चरणवद्ध रुपमा काम थालेको हो । अहिले सबै चिजको महंगी बढेकाले पहिलेको लागत, स्टिमेट अनुसार सडक बन्न नसक्ने आयोजनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्