विप्लवका सेती ब्यूरो सचिव शाह पक्राउ

कैलाली, वैशाख १३ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती ब्यूरो सचीव पक्राउ परेका छन् । विप्लवका सेती ब्यूरो सचीव डबल शाह शुक्रबार बिहान ६ः२५ बजे कैलालीको धनगढी उप-महानगरपालिका ५ हसनपुरबाट पक्राउ परेका हुन् । पूर्व सभासद शाहलाई धनगढीस्थित डेराबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलाली प्रहरीले भने यसको पुष्टि गरेको छैन।

कमेन्ट गर्नुहोस्