नेपाल आइडल रविको अर्को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, वैशाख १३ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । आज उनको ‘दुई कौडीको बुद्धि…’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा उनीसँगै चर्चित गायिका मेलिना राइले आवाजमा साथ दिएकी छन् ।

गीतमा लत्ता घैरेको शब्द, भीम बीसी, ललित पौडेलको संगीत र ऐरेन्ज उदयराज पौडेलको छ । यस्तै, ‘दुई कौडीको बुद्धि’ मा वर्षा रावत र रञ्जि पौडेलको अभिनय छ । यो म्यूजिक भिडियोको सम्पादन विकास धमाला, छायांकन बुद्ध थापा र निर्देशन निकेश खड्काले गरेका छन् । केही हप्ता अघि मात्रै रविको ‘मिठो बोलीले’ बोलको गीत सार्वजनिक भएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: