विश्वकप अघि यी ५ खेलाडी भए घाइते, धोनीमा पनि फिटनेस समस्या

काठमाडौं, वैशाख १३ । आउँदो ३० मे देखि शुरु हुने एकविदसीय विश्वकप क्रिकेट अघि केही चर्चित खेलाडीको ‘फिटनेट’ मा समस्या देखिएको छ । उनीहरुमा देखिएको यो कायमै रहे विश्वकप नै गुमाउनु पर्ने स्थित आउन सक्छ । यी हुन्, फिटनेसमा समस्या देखिएका ५ खेलाडीः

महेन्द्रसिंह धोनीः भारतीय क्रिकेट टिमका विकेटकीपर एवं ब्याट्सम्यान धोनी पिठ्यू दुखाईका कारण समस्यामा छन् । यसै समस्याका कारण जारी आइपीएलको एक खेलमा उनलाई टिमले विश्रामसमेत दिएको थियो । विश्वकपमा पनि धोनीको फिटनेसमा समस्या त आउने होइन भन्दै भारतीय टिम र उनका समर्थकले चिन्ता व्यक्त गरेका छन् ।

डेल स्टेनः यी तिव्र गतिका बलर साउथ अफ्रिकी टिमका महत्वपूर्ण सदस्य हुन् । तर, उनी अहिले काँधको चोटका कारण विश्राममा छन् । स्टेनले जारी आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरबाट २ खेल पनि खेलेका थिए । यद्यपि, फिटनेस समस्याका कारण तेस्रो खेल खेल्न नपाउँदै उनी आइपीएलबाट बाहिरिए । स्टेनले यो आइपीएलमा २ खेलमा ४ विकेट हासिल गरे ।

जोसन रोयः इंग्ल्याण्ड क्रिकेट टिमका ओपनर जोसनको पनि फिटनेसमा समस्या देखिएको छ । उनी पिठ्यूको समस्याबाट ग्रसित छन् । जोसन इंग्ल्याण्ड टिमका बिस्फोट ब्याट्सम्यान हुन् । विश्वकप पहिले उनमा देखिएको यो समस्याले इंग्लिस टिम पनि चिन्तामा छ ।

जो डेन्लीः जोसनसँगै इंग्ल्याण्ड टिमका जो डेन्ली पनि फिटनेस समस्यामा छन् । आइपीएलको बिचमै स्वदेश फर्किएका डेन्लीले ‘रोयल लण्डन कप’ मा शानदार अर्धशतक बनाएका थिए । तर, फिल्डीङमा भने उनी देखिएनन् । डेन्लीमा पनि पिठ्यूको समस्या देखिएको छ ।

मुस्ताफिजुर रहमानः बंगलादेशका तीव्र गतिका बलर रहमान टिमका महत्वपूर्ण सदस्य हुन् । तर, यो पटक उनी घाइते छन् । यद्यपि रहमानले विश्वकपका लागि टिममा मौका पाएका छन् । खुट्टामा देखिएको समस्याका कारण अहिले उनी विश्राममा छन् । यदि विश्व कपसम्म पनि उनको फिटनेसमा सुधार नआए बंग्लादेशी टिमलाई घाटा लाग्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: