अष्ट्रेलियासँग नेपाल ११–१ गोलले पराजित

काठमाडौं, फागुन १४ । आजदेखि म्यानमारमा शुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपाललले लज्जास्पद हार बेहोरेको छ ।

मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपाल बलियो टिम अष्ट्रेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो ।

नेपालले पहिलो हाफमै ६ गोल खाँदै एक गोल फर्काउँदा दोस्रो हाफमा ५ गोल सामना गरेको थियो । नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो हाफमा एक गोल फर्काएकी थिइन् ।

आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया र चीनले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाइसकेका छन् । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

कमेन्ट गर्नुहोस्