प्रचण्ड भन्छन्, ‘राजनीतिमा जस्तो गीतमा पूर्वाग्रह हुँदैन, गीत नगाउने नेता नै हुँदैनन्’

काठमाडौं, वैशाख १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले गीत संगीतले कुनै पनि क्रान्ति वा संघर्षलाई उत्कर्षमा पुर्याउनका लागि अहम् भूमिका खेल्ने बताएका छन् । राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित जेबी टुहुरे एकल साँझ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

याे पनि पढ्नुस  उद्धारमा जुट्न नेता–कार्यकर्तालाई नेकपाको निर्देशन

उनले ०६२-०६३ को जनआन्दोलनको स्मरण गर्दै गीत, संगीत र साहित्यको भूमिका अत्यन्तै प्रभावकारी हुने उनले बताए । आफूले समेत युवास्थामा गीत खुवै गाएको स्मरण गर्दै प्रचण्डले भने, ‘जनआन्दोलनको क्रममा समेत गीतले ठूलो भूमिका खेलेको थियो । कोहि नेता मैले देख्दैनथ्ये, जसले गीत गाउदैनथ्यो । जानेपनि नजानेपनि सबैले गाउँथे । मिलेपनि नमिलेपनि गीत गाउनै पर्थ्यो र गीत गाएर जनतालाई, कार्यकर्तालाई प्रभावित बनाउन पर्थ्यो । मैले जेबी जीलाई भन्ने पनि गरेको छु । गीतले जनतालाई क्रान्तिको मार्गमा ल्याउन सहयोग गर्छ ।’

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड अस्वस्थ, केही दिन धपेडी नगर्न चिकित्सकको सल्लाह

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राजनीतिमा जस्तो गीतमा कुनै किसिमको विभेद नहुनेसमेत बताए । जेबी टुहुरे ७५ वर्षको उमेरसम्म अनवरत गीत संगीतमा लागेकोमा खुशी व्यक्त गर्दै प्रचण्डले कार्यक्रम सफलताको शुभकामनाका साथै धन्यवाद दिए ।

कमेन्ट गर्नुहोस्