राष्ट्रपति भण्डारीद्वारा ३७ देशका सरकार प्रमुख अगाडि नेपाली भाषामा सम्बोधन (पूर्णपाठसहित)

बेइजिङ, वैशाख १३ । चीनको बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा सम्बोधन गरेकी छन्।

३७ वटा मुलुकका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विदेशी प्रतिनिधिहरूमाझ राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरेकी हुन्।

याे पनि पढ्नुस  चीनको ‘होटल पिपल्स ग्रान्ड’ लाई नेपाली राष्ट्रपति निवासजस्तै देखाउने प्रयास

उनले समबोधनमा नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताइन् ।

उनले सम्बोधनको क्रममा भनेकी छन्, ‘बढ्दो कन्क्टिभिटीसंगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ।’

कमेन्ट गर्नुहोस्