४ क्षेत्रको शिक्षा स्वास्थ्य जनसंख्या र वातावरण विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, वैशाख १३ । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा शुक्रबारदेखि सार्वजनिक गर्न शुरु गरेको छ ।

गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शुक्रबार ४ विकास क्षेत्रको शिक्षा स्वास्थ्य जनसंख्या र वातावरण विषयको नतिजा पनि सार्वजनिक गरेको छ ।

आयोगले पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल, र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको शिक्षा स्वास्थ्य जनसंख्या र वातावरण विषयको नतिजा सार्वजनिक गरेको हो । शिक्षा स्वास्थ्य जनसंख्या र वातावरण विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ।

कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा  विज्ञापन  भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: