बीबीएलबाट वाट्सनले लिए सन्यास लिए

काठमाडौं, वैशाख १२ । चर्चित क्रिकेट शेन वाट्सनले अष्ट्रेलियाको प्रतिष्ठीत क्रिकेट लिग बिग ब्यास लिग (बीबीएल) बाट सन्यास लिएका छन् ।

हाल आइपीएल खेलिरहेका ३७ वर्षीय वाट्सन बीबीएलमा ३ संस्करणदेखि सिड्नी थन्डर्सको कप्तानी सम्हाल्दै आएका थिए । सन्यासपछि उनले सिड्नी थन्डर्सलाई धन्यवाद दिएका छन् ।

वाट्सले सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । आइपीएलमा चेन्नईका ओपनर ब्याट्सम्यानको भूमिका निभाइरहेका उनले जारी आइपीएलको ११ खेलमा २४३ रन बनाएका छन् । यो संस्करणको आइपीएलमा उनको सर्बाधिक ९६ रन हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: