आइपीएलः धोनीबिनाको चेन्नईविरुद्ध रोहितको अर्धशतक पूरा

काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके) विरुद्ध मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले अर्धशतक पूरा गरेका छन् । उनले ३७ बलमा अर्धशतक पूरा गरेका हुन् । ५० रन पूरा गर्दा रोहितले ४ चौका र २ छक्का प्रहार गरे ।

आज मुम्बईले टस हारेर ब्याटिङको निम्तो पाएको छ । चेन्नईमा आज नियमित कप्तान महेन्द्रसिंह धोनी छैनन् । फिटनेस समस्याका कारण उनलाई मुम्बईविरुद्ध विश्राम दिइएको छ ।

टिमको कप्तानी आज सुरेश रैनाले सम्हाल्ने छन् ।  यो संस्करणको आइपीएलमा चेन्नईले होम ग्राउन्ड’ मा हार बेहोरेको छैन । जारी सिजनमा उसले चितम्बरम स्टेडियममा भएका पाँचै खेलमा जीत हात पारेको छ ।

चेन्नई ११ म्याच खेल्दा १६ अंककासाथ तालिकाको शीर्ष स्थानमा छ । ११ खेलमा धोनीको टिमले ८ मा जीत हात पार्दा ३ खेलमा मात्र पराजयको स्वाद चाखेको छ ।

यता, रोहित शर्मा नेतृत्वको मुम्बई लिग तालिकामा १२ अंककासाथ तेस्रो स्थानमा छ । उसले १० खेल खेल्दा ६ मा जीत र ४ खेलमा हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्