आइपीएलः मुम्बईद्वारा चेन्नईसामु १५६ रनको लक्ष्य

काठमाडौं, वैशाख १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स विरुद्धको खेलमा मुम्बई इन्डियन्सले १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनायाे । उसका लागि कप्तान रोहित शर्माले ४८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाए ।

यस्तै, इभन लुइसले ३२, क्विन्टन डि ककले १५ रनको योगदान दिए । हार्दिक पाण्ड्याले २३ र किरण पोलार्डले नट आउट १३ रन प्रहार गरे । बलिङमा चेन्नईका मिचेल सेटनरले २, इमरान ताहिर र दीपक चहरले एक–एक विकेट लिए ।

यो संस्करणको आइपीएलमा चेन्नईले ‘होम ग्राउन्ड’ मा हार बेहोरेको छैन । जारी सिजनमा उसले चितम्बरम स्टेडियममा भएका पाँचै खेलमा जीत हात पारेको छ । चेन्नई ११ म्याच खेल्दा १६ अंककासाथ तालिकाको शीर्ष स्थानमा छ ।

११ खेलमा धोनीको टिमले ८ मा जीत हात पार्दा ३ खेलमा मात्र पराजयको स्वाद चाखेको छ । यता, रोहित शर्मा नेतृत्वको मुम्बई लिग तालिकामा १२ अंककासाथ तेस्रो स्थानमा छ । उसले १० खेल खेल्दा ६ मा जीत र ४ खेलमा हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: