धनगढी छुटेको बस कपिलवस्तुमा दुर्घटना, १४ जना घाइते

कपिलवस्तु, वैशाख १४ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना भएको छ । दुर्घटनामा परि बसमा सवार १४ यात्रु घाइते भएका छन् ।

घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ ।

कमेन्ट गर्नुहोस्