गृहमन्त्री भन्छन्, ‘प्रदेश २ ले कसरी सीडीओ राख्ने हो मलाई थाहा भएन’

जनकपुर, वैशाख १४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) राख्न नपाउने बताएका छन् ।शनिबार जनकपुरमा आयोजित प्रदेश सुरक्षा गोष्ठीमा उनले सीडीओ संघको प्रतिनिधि हुने बताउँदै संविधानमा दोहोरो सीडीओको प्रावधान नरहेको बताए ।

गृहमन्त्री थापाले प्रदेशसँग शान्ति सुरक्षाकालागि प्रदेश प्रहरी परिचालन गर्ने अधिकार रहेको बताए । ‘प्रमुख जिल्ला अधिकारी संघीय सरकारको मातहतमा रहेर समन्वय गर्ने हो, उनले भने, ‘प्रदेशले प्रमुख जिल्ला अधिकारी राख्ने व्यवस्था संविधानमा छैन । प्रदेश २ ले कसरी राख्ने हो मलाई थाहा भएन ।’

सर्वोच्च अदालतले २०५४ सालमा नागरिकता पाएकाहरुको हकमा गरेको फैसला बमोजिम गृह मन्त्रालयले अदालतको आदेश अनुसार नै काम गर्ने उनले बताए ।

प्रदेशको सुरक्षा गोष्ठीले देशको सुरक्षा व्यवस्था सुदृढ गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले एक वर्षमा मुलुकमा सुशासन र शान्ति सुरक्षालाई सुदृढ गर्ने सन्दर्भमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: