नेपालको फाइनल पुग्ने सम्भावना बढ्यो, ८६ रनमै समेटियो हङकङ

काठमाडौं, वैशाख १४ । एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिप अन्तर्गतको सेमिफाइनलमा हङकङले नेपाललाई ८७ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको प्रेम तिन्सुलानान्डा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा हङकङले ३२.२ बलमा ८६ रन बनाउँदै  अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

बलिङमा नेपालका निखिल कुमार सिंह ६.२ ओभरमा १६ रन दिएर ४ विकेट लिए । रमेश कुर्मी र बिशाल कुमार पटेलले समान २, तिलक राज भण्डारीको नाममा १ विकेट रह्यो ।

नेपालले समूह चरणमा मलेसिया र म्यानमारलाई पराजित गर्दा वर्षाको कारण थाईल्यान्डसँग अंक बाडेको थियो । अर्को सेमिफाईनल खेलमा मलेसिया र सिंगापुरबीचको प्रतिस्प्रर्धा जारी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: