हङकङलाई हराउँदै नेपाल एसीसी यू–१६ को फाइनलमा

काठमाडौं, वैशाख १४ । हङकङलाई ४ विकेटले हराउँदै नेपाल थाईल्यान्डमा भइरहेको एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

अब नेपालले उपाधिको लागि आईतबार सिंगापुर र मलेसिया मध्य एक टोलीसँग भिड्ने छ । मलेसिया र सिंगापुरबीच अर्को सेमिफाईनल अहिले भइरहेको छ ।

हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य लेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । नेपालका आईश भट्टराईले १७, रोहन दुधराज विकले १४, दिपक बोहोराले ११, सुवास ऐरले १०, विशाल विक्रम केसीले ७ र प्रसान्त महतले १ रन बनए ।

यस्तै, कृष कार्की १२ र निखिल कुमार सिंह ४ रनमा नट आउट रहे । हङकङका बृज नारायणले ३, अहान कन्हाई त्रिवेदीले २ विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको हङकङले ३२.२ बलमा ८६ रन बनाउँदै अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । बलिङमा नेपालका निखिल कुमार सिंह ६.२ ओभरमा १६ रन दिएर ४ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: