खुलामञ्चका संरचनामा चलाईयाे डाेजर

काठमाडौँ, खुलामञ्चको उत्तरतर्फको क्षेत्रका टहरा डाेजर लगाएर भत्काईएका छन् ।

महानगरपालिकाले पसल राख्ने उद्देश्यले बनाएका संरचना डाेजर लगाएर भत्काएकाे हाे ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख बिद्यासुन्दर शाक्य लगायतकाे उपस्थितिमा डाेजर लगाईएकाे थियाे ।

काठमाडाैं महानगरपालिकाले २०७१ मा खुलामञ्चकाे उत्तरतर्फकाे केही क्षेत्र साघुँर्‌याएर बसपार्क राख्न भाडामा दिएकाे थियाे । त्यस क्षेत्रमा केही सटर बनेर भाडामा दिइसकिएको छ भने केही बन्दै गरेका थिए ।

शनिबार दिउँसाे महानगरपालिकाले खुलामञ्चकाे बसपार्क क्षेत्रमा बनेका अवैध संरचना भत्काउने निर्णय गरेपछि दुईवटा डाेजर परिचालन गरेर भत्काउन सुरु गरेका हाे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: