रविन्द्र मिश्रको पार्टीको नाम परिर्वतन, यस्तो नयाँ नाम

काठमाडौं, वैशाख १४ । रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले आफ्नो नाम परिर्वतन गरेको छ । अब पार्टीको नाम ‘साझा विवेकशील पार्टी’ कायम गरिएको छ । पार्टीको नाममा रहेको विवेकशील शब्दलाई पछाडि सारिएको हो ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नाम परिवर्तन भएको जानकारी दिएका छन् । ‘हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आम रुपमा देखिएको अन्योल र भ्रम चिर्न त्यसले सिर्जना गरेका प्राविधिक जटिलताहरूलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ ।’ प्रेस विज्ञप्तिमा लेखिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: