आइपीएलः राजस्थानले टस जित्यो, हैदरावादलाई ब्याटिङको मौका

काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावाद विरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि जयपुरमा शुरु हुँदैछ । राजस्थान र हैदरावादबीच यो सिजनमा दोस्रो खेल हो ।

पहिलो खेलमा २९ मार्चमा हैदरावादले राजस्थानलाई ५ विकेटले पराजित गरेको थियो । हालसम्म आइपीएलमा यी दुई टिमबीच १० पटक भिडन्त भएको छ । जसमा ६ मा हैदरावाद र ४ खेलमा मात्र राजस्थानले जीत निकालेको छ । राजस्थानले ४ वर्षयता हैदरावादलाई हराउन सकेको छैन ।

हैदरावादविरुद्ध राजस्थानले अन्तिम पटक १६ अप्रिल सन् २०१५ मा जीत हासिल गरेको थियो । राजस्थानलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

यदि राजस्थान यो खेलमा पराजित भए प्लेअफमा पुग्ने सम्भावना समाप्त हुनेछ । यता हैदरावादलाई पनि प्लेअफमा पुग्नुपर्ने चुनौती छ । अंक तालिकामा हैदारावाद १४ अंकका साथ पाँचौ र राजस्थान ८ अंक बटुल्दै सातौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: