आइपीएलः हैदरावादद्वारा राजस्थानलाई १६१ रनको लक्ष्य

काठमाडौं, वैशाख १४ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनायो ।

उसका लागि मनिष पाण्डेले सर्बाधिक ३६ बलमा ६१, डेबिड वार्नरले ३२ बलमा ३७ रन बनाए । यस्तै, कप्तान केन विलियम्सनले १३, शाकिव अल हसनले ८, विजय शंकरले ९, ऋद्धिमान शाहले ५ रनको योगदान दिए । यस्तै, राशिद खानले नटआउट ८ बलमा १७ रन प्रहार गरे ।

बलिङमा राजस्थानका ओसेन थोमस, श्रेयस गोपाल, जयदेव उनदकट र बरुण अरुणले २–२ विकेट लिए । राजस्थान र हैदरावाबीच जारी आइपीएलमा यो दोस्रो खेल हो ।

पहिलो खेलमा २९ मार्चमा हैदरावादले राजस्थानलाई ५ विकेटले पराजित गरेको थियो । हालसम्म आइपीएलमा यी दुई टिमबीच १० पटक भिडन्त भएको छ । जसमा ६ मा हैदरावाद र ४ खेलमा मात्र राजस्थानले जीत निकालेको छ ।

राजस्थानले ४ वर्षयता हैदरावादलाई हराउन सकेको छैन । हैदरावादविरुद्ध राजस्थानले अन्तिम पटक १६ अप्रिल सन् २०१५ मा जीत हासिल गरेको थियो । राजस्थानलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

यदि राजस्थान यो खेलमा पराजित भए प्लेअफमा पुग्ने सम्भावना समाप्त हुनेछ । यता हैदरावादलाई पनि प्लेअफमा पुग्नुपर्ने चुनौती छ । अंक तालिकामा हैदारावाद १४ अंकका साथ पाँचौ र राजस्थान ८ अंक बटुल्दै सातौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: