हैदरावाद ७ विकेटले पराजित, राजस्थानको प्लेअफमा पुग्ने सम्भावना जीवितै

काठमाडौं, वैशाख १५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स विजयी भएको छ । हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

उसका लागि सञ्जु स्यामसुमले सर्बाधिक नटआउट ३२ बलमा ४८, लैम लिभिङंस्टोनले २६ बलमा ४४, अजिंक्य रहाणेले ३४ बलमा ३९ र कप्तान स्टीभ स्मिथले १६ बलमा २२ रन प्रहार गरे । बलिङमा हैदरावादका राशिद खान, खलिल अहमद र शाकिव अल हसनले एक-एक विकेट लिए ।

राजस्थानले आफ्नो घरेलु मैदानमा हैदरावादलाई ६ वर्षपछि पराजित गर्न सफल भएको हो । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनायो । उसका लागि मनिष पाण्डेले सर्बाधिक ३६ बलमा ६१, डेबिड वार्नरले ३२ बलमा ३७ रन बनाए । यस्तै, कप्तान केन विलियम्सनले १३, शाकिव अल हसनले ८, विजय शंकरले ९, ऋद्धिमान शाहले ५ रनको योगदान दिए । यस्तै, राशिद खानले नटआउट ८ बलमा १७ रन प्रहार गरे ।

बलिङमा राजस्थानका ओसेन थोमस, श्रेयस गोपाल, जयदेव उनदकट र बरुण अरुणले २–२ विकेट लिए । जीतसँगै राजस्थान १० अंकका साथ तालिकाको छैठौं स्थानमा उक्लिएको छ । यस्तै, हैदरावाद भने ११ खेलमा १० अंक बटुल्दै चौंथो स्थानमा कायमै छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: