नदीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, बैशाख १५ । ईश्वरपुर र हजारियामा शनिबार दुई बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। हजारिया नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

त्यसैगरी बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको पनि मृत्यु भएको छ। दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। विगत केही दिनदेखि गर्मी बढ्दा सर्लाहीमा नदी र पोखरीमा पौडी खेल्न जाने क्रम बढेको छ। यो समाचार नेपाल खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: