अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च सम्पन्न

चीन, बैशाख १५ । ‘अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ विकास नीति सहकार्य तथा आधारभूत सञ्जाल सबलीकरण गर्ने, दिगो विकास प्रवर्द्धन गर्ने, व्यवहारिक सहयोग बलियो बनाउने, जनताबीच आदानप्रदान अगाडि बढाउने र अघि बढ्ने मार्गसहितको ३८ बुँदे संयुक्त विज्ञप्ति प्रकाशन गर्दै शनिबार बेइजिङमा सम्पन्न भएको छ ।

सम्मेलनको अन्त्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा जुटेका सहमतिबारे पत्रकारलाई जानकारी दिए । सम्मेलनमा रशियाली राष्ट्रपति भ्लादिमिर पुटिनसहित ३८ सरकार तथा राष्ट्रप्रमुखले भाग लिनुभएको थियो भने संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेज तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापन निर्देशक क्रिस्टिन लेगार्ड पनि सहभागी थिए ।

‘उज्ज्वल साझेदारीयुक्त भविष्यका लागि क्षेत्र तथा मार्ग सहयोग’ मुख्य विषय रहेको यस मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उच्चस्तरीय बैठक तथा गोलमेच बैठकमा सहभागी बैठकहरुलाई सम्बोधन गरेकि थिइन।

मञ्चमा वृद्धिका नयाँ स्रोत खोजी गर्न सञ्जालको सबलीकरण, संयुक्त राष्ट्र सङ्घको २०३० को एजेण्डा कार्यान्वयन गर्न पर्यावरण प्रवद्र्धन तथा दिगो विकास तथा सहभागितामूलक नीति सबलीकरण तथा नजिकको साझेदारी विकासका विषयमा गोलमेच बैठक आयोजना गरिएको थियो । गोलमेच बैठकमा चिनियाँ राष्ट्रपति जिनपिङ आफैँले अध्यक्षता गरेका थिए । यस भेलामा व्यापारिक प्रमुख कार्यकारी अधिकारीको सम्मेलनसमेत आयोजना भएको थियो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: