ट्रेन्डिङमा पुग्यो रवि ओडको ‘दुई कौडीको बुद्धि’

काठमाडौं, वैशाख १५ । दुई दिनअघि बजारमा आएको नेपाल आइडल रवि ओडको दोस्रो सांगीतिक कोसेली ‘दुई कौडीको बुद्धि…’ बोलको गीत युट्युब ट्रेन्डिङमा पुगेको छ । युट्युबमा सार्वजनिक भएको दुई दिनभित्रै रविको यो गीत  ट्रेन्डिङमा पुगेको हो ।

आइतबार बिहानसम्म रविको यो गीत युट्युब ट्रेन्डिङको ५० नम्बरमा आएको छ । साथै, ३ लाख ६२ हजार बढी पटक हेरिएको छ ।  यो गीतमा उनीसँगै चर्चित गायिका मेलिना राइले आवाजमा साथ दिएकी छन् । गीतमा लत्ता घैरेको शब्द, भीम बीसी, ललित पौडेलको संगीत र ऐरेन्ज उदयराज पौडेलको छ । यस्तै, रविको यो गीतमा वर्षा रावत र रञ्जित पौडेलको अभिनय छ ।

भिडियोको सम्पादन विकास धमाला, छायांकन बुद्ध थापा र निर्देशन निकेश खड्काले गरेका छन् । केही हप्ता अघि मात्रै रविको मिठो बोलीले’ बोलको गीत सार्वजनिक भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: