चलचित्र ‘दोषी को ?’ को ‘परेली बन्द गर’ रोमान्टिक गीतको भिडियो सार्वजनिक

काठमाडौं, वैशाख १५ । करण फिल्मस् प्रोडक्सनको तथा निर्माता गोपी अधिकारीको प्रस्तुतिमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘दोषी को ?’ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘परेली बन्द गर’ बोलको गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारीको स्वर रहेको छ । गीतमा माया र प्रेमको सम्वादलाई निकै रोमान्टिकरुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द तथा संगीत सो चलचित्रको गीतमा रहेको छ । गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका छन ।

यहाँ क्लिक गरी गीतको भिडियो हेर्नुहोस्

करण थापा मगरको लेखन, निमा लामा तामाङको निर्देशन, रमेश रेग्मीको कोरियोग्राफी चलचित्रमा रहेको छ । चलचित्रमा माया र प्रेमका कयौँ मिलन र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन चलचित्रमा रहेको छ । चलचित्रमा करण थापा, मिठठु आले, रमेश रेग्मी, रविना थापा, नेहा गौत्तम, विजय राहुमगर, सुवास नेपाली, सपना लामाको मुख्य अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: