लागूऔषध सहित एक भारतीय पक्राउ

सुनसरी, वैशाख १५ । सुनसरी हरिनगर गाउँपालिका २ स्थित सविक रामनगर भुटाहा ७ र वस्मतिया जोडने सडकमा रहेको नहरको डिलबाट लागूऔषधसहित एक भारतीय पक्राउ परेको छ ।

शुक्रबार रातीे ९ बजे क्रममा मोटरसाइकलमा दुईजना भारतको बस्मतियाबाट लुकाएर ल्याउदै गरेको लागूऔषधसहित भुटाहास्थित नहरको डिलबाट सशस्त्र प्रहरीले चेकजाँचको क्रममा एक भारतिय इरफान मियाँलाई लागूऔषधसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बेसका इन्चार्ज धिरज गुरुङले बताए ।

दुईजना मध्य एक जना मोटरसाइकल चालक फरार भएको र मोटरसाइकल पछाडि बसेको एकजनालाई नियन्त्रणमा लिएको शस्त्र प्रहरी बल बेस क्याम्प भुटाहाले जनाएको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प र नेपाल प्रहरी चौकी भुटाहाका संयुक्त टोलीले भुटाहा र भारत वस्मतिया जोडने सडकमा गस्ति टोली र चेकजाँचको क्रममा एक भारतीयसहित ८१ थान कोरेक्स नियन्त्रणमा लिएको संयुतm टोलीका नेपाल प्रहरी चौकी इन्र्चाज भेषराज दाहालले जनकारी गराए ।

सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार नेपालमा प्रतिबन्धित डिलेक्स डिसि ८१ थान सहित भारत बस्मतिया अररिया ११ बस्ने २८ वर्षी इरफान आलमलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

र अर्को एक मोटरसाइकल सहित भारतीय व्यक्ति भाग्न सफल भएकोलाई समेत खोजतलास गरिरहेको र यी लागुऔषध कारोबारी गर्ने नेपाल र भारत दुवैतिर ठुलो गिरोह रहेको उनीहरुलाई छिटोभन्दा छिटो कानूनीय दायरामा लियाउने इनेस्पेक्टर गुरुङले स्रोतलाई बताए ।

कमेन्ट गर्नुहोस्