एनसेलको कर छली विरुद्धको मुद्दाका अगुवा र सिम बहिष्कार अभियन्तासँग अन्तरसंवाद

काठमाडौं, वैशाख १५ । एनसेलको कर छली विरुद्ध सर्वोच्चमा दायर भएको मुद्दाका अगुवा र सिम बहिष्कार अभियन्तासँग अन्तर संवाद गर्ने लागेको छ ।

आइतबार बिहान अनामनगरस्थित आयोजना गरिएको कार्यक्रममा लाभकर असुल्न सर्वोच्चले फैसला गरेको मुद्दाका अगुवा पूर्वसचिव डा. द्वारीकानाथ ढुंगेल, सोही मुद्दामा बहस गर्ने बरिष्ठ अधिबक्ता डा. सुरेन्द्र भण्डारी सहभागी हुनेछन् ।

त्यस्तै कर नतिरेसम्म एनसेलको सिम बहिस्कारका अभियन्ता नायिका तथा निर्माता रेखा थापा लगायतको सहभागी हुनेछ ।

कार्यक्रममा एनसेलले कसरी र कति कर छली गरेको छ, सर्वोच्चको फैसलापछि भएको चलखेल र एनसेलले कर नतिर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गर्दासम्मका घटनाक्रमको जानकारी गराइने छ ।

‘नो ट्याक्स नो एनसेल’ का अभियन्ताहरुले एनसेलको सिम बहिस्कार किन गरे भन्ने धारणा राख्नुको साथै युवा पंक्तिलाई आह्वान गर्ने बताइएको छ ।

कार्यक्रम १० बजेबाट सुरु हुने संवाद डबलीका अध्यक्ष दिपेन्द्र रावलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: