डिथ्री अनलाईनको पहिलो वार्षिकोत्सब सम्पन्न, ५ जना सम्मानित

ईटहरी, वैशाख १५ । मोफसल ईटहरीबाट संचालित पूर्वको कला र मनोरञ्जनको एकमात्र डिजिटल मिडियाको रुपमा परिचित डिथ्री अनलाइनले औपचारिकताको पहिलो वर्ष पूरा गरेको छ । गतवर्षको गत वैशाख १३ गते ईटहरीस्थित धरानलाईनमा प्रधान कार्यालय स्थापना गरेर औपचारिक रुपमा सुरु भएको डिथ्री अनलाइनले एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

 वार्षिकोत्सव कार्यक्रमबाट ५ जना कला क्षेत्रका व्यक्तित्वहरु सम्मानित समेत भएका छन् । १६ वर्षको उमेरदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरतरुपमा लागिरहेका नायिका संचिता लुइँटेल, मोफसलबाट कलाकारितालाई काफ्नो कर्मथलो बनाउँदै ठूलो पर्दाको स्थानीय र राष्ट्रिय चलचित्रहरुमा आफ्नो अभिनय प्रस्तुत गरेका नायक तथा कलाकार माधवब केसी सम्मानित भएका हुन् ।

यस्तै इन्डियाको टेलिभिजन जिटिभीबाट प्रसारण हुने चर्चित गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’मा पुगेर आफ्नो कला र गलालाई प्रस्तुत गर्दै सबैको प्रिय बनेका ईटहरी स्थायी घर भएका प्रीतम आचार्य, इटहरीबाट कला ब्यवसायको रुपमा ‘मार्टिना मेकअप स्टुडियो’ स्थापना गरी छोटो समयमा सफलता हासिल गरेकी उर्वि श्रेष्ठ र रङ्ग पत्रकारितामा बिगत लामो समयदेखि खटिरहेका दन्तकाली एफएम धरानका कृष्ण भुजेल सम्मानित भएका हुन् ।

ईटहरीमा अवस्थित संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीको प्रमुख आतिथ्य, परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनका संचालक सुवास संकल्पको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम २ बजेदेखि सुरु भएको थियो । ईटहरीको त्रियुगा होटलमा भएको कार्यक्रममा सम्मानसँगै परिकलाको आयोजनामा भएको ‘मिडिया तथा प्रस्तुतीकरण’ तालिमको सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । कार्यक्रममा डिथ्रीका संचालक संकल्पको जन्मदिन पनि परेकोले पहिलो वार्षिकोत्सब संगै जन्मदिनको गरी २ ओटा केक काटिएको थियो ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: