क्यालिफोर्नियाको यहुदी प्रार्थना गृहमा गोली चल्यो, एकको मृत्यु, ३ घाइते

क्यालिफोर्निया, वैशाख १५ । अमेरिकाको सानडियागोस्थित एउटा यहुदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहुदी धर्मगुरु र दुईजना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

याे पनि पढ्नुस  ढिस्कोले पुरिएर बालिकाको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहुदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाएको छ । अमेरिकी इतिहासमै यहुदी समुदायमाथि छ महिना अघि पिट्सबर्गको यहुदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो ।

सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेष्टले यहुदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गोली चलाएर भाग्न लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्ने क्रममा उनैले प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिएका थिए।

याे पनि पढ्नुस  पोखरीमा डुबेको शव निकालियो

गोली लागेका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। रासस–एपी

कमेन्ट गर्नुहोस्