अध्यक्ष प्रचण्ड र देउवालाई पत्रकार महासंघको ध्यानाकर्षणपत्र

काठमाडौं, वैशाख १५ । नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

महासंघका पदाधिकारीले आइतबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्र्र्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्।

याे पनि पढ्नुस  युवा परिषद्लाई पूर्ण स्वायत्त र स्रोतपूर्ण बनाउन सुझाव

महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चार माध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्नेमा जोड दिएको छ।

सोही अवसरमा अध्यक्ष प्रचण्डले संविधानसभा, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलागयतका मुद्दामा पत्रकार महासंघ र आम प्रेस जगत्ले खेलेको भूमिकाको प्रशंसा गरे । अध्यक्ष प्रचण्डले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेस अनुकूल नै भएको बताउँदै महासंघले उठाएका सवाललाई पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासङ्घले राखेको ध्यानाकर्षण पत्रले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को धारणालाई सहयोग पुग्ने उनको भनाइ थियो ।

याे पनि पढ्नुस  १६६ औं शिक्षा दिवस मनाइयो

यसैगरी सभापति देउवाले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस विगत लामो समयदेखि लड्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत महासङ्घसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रासस

कमेन्ट गर्नुहोस्