लगातार दोस्रो पटक नेपाललाई एसीसी यू–१६ इस्टर्न रिजनको उपाधि

काठमाडौं, वैशाख १५ । थाइल्याण्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आज फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले अघिल्लो संस्करणको उपाधि पनि हात पारेकाे थियो । आज १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो ।

मलेसियाका लागि मोहम्मद हजीक आइमनले १८, वान मोहम्मद आजमले १६ र जिनेन्द्र मुरलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनयोग्य प्रर्दशन गर्न सकेनन् ।

बलिङमा नेपालका विशाल कुमार पटेलले ४, दिपक बोहोराले ३, निखिल कुमार सिंह र कृष कार्कीले एकएक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४०, दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७, निखिल कुमार सिंहले १३ रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । मलेसियाका सचिनु हित्तेजले ३ तथा जिनेंद्र मुरालेले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्