आइपीएलः दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, सन्दीपले पाए मौका

काठमाडौं, वैशाख १५ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले टस जितेर ब्याटिङ रोजेको छ । खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेदेखि दिल्लीको फिरोज शाह कोटलमा शुरु हुँदैछ ।

७ खेल जित्दै १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको दिल्ली आजको खेलमा विजयी हासिल गर्दै प्लेअफमा पुग्न चाहन्छ । यता विराट कोहली नेतृत्वको बैंग्लोर दिल्ली विरुद्धको खेलमा जीत दर्ता गर्दै प्लेअफमा पुग्ने सम्भावना जीवितै राख्ने लक्ष्यका साथ मैदान उत्रिदैं छ ।

जारी संस्करणको आइपीएलको बैंग्लोर विरुद्धको खेलमा दिल्ली ४ विकेटले विजयी भएको थियो । बैंग्लोर विरुद्धको खेलमा सन्दीप लामिछानेले टिममा मौका पाएका छन् । यसअघि राजस्थान विरुद्धको खेलमा बेन्चमा रहेका सन्दीपले आज भने टिममा मौका पाएका हुन् । उनले जारी आईपीएलमा ५ खेलमा ८ विकेट लिएका छन् ।

 दिल्ली भर्सेस बैंग्लोर
यी दुई टिमबीच अहिलेसम्म आइपीएलमा २३ पटक भिडन्त भएको छ । जसमा बैंग्लोरले १५ म्याच आफ्नो पक्षमा पार्दा दिल्लीले भने ७ खेलमा मात्र जीत हासिल गर्न सकेको छ । एक खेल नतिजाविहीन भएको थियो । फिरोज शाह कोटलाको स्टेडियममा बैंग्लोर—दिल्लीबीच ८ पटक भेट भएको छ । जसमा विराटको बैंग्लोरले ६ खेलमा जीत हासिल गरेको छ । दिल्लीले आफ्नो ‘होम ग्राउन्ड’ मा अन्मित पटक बैंग्लोरलाई २००९ मा हराएको थियो ।

आजै हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दै छन् । यी दुई टिमबीचको खेल साँझ ८ः१५ बजेदेखि कोलकातामा शुरु हुँदैछ । अंक तालिकामा मुम्बई १४ अंकसहित दोस्रो र कोलकाता सातौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: