Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्वाभिमान माइक्रोफाइनान्सको आइपिओ खुल्दै

काठमाडौँ, बैशाख १५ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारण सेयर (आइपिओ) सार्वजनिक निष्काशन गर्न अनुमति पाएको छ। माइक्रोफाइनान्सले धितोपत्र बोर्डबाट जारी पूँजीको ३२.११ प्रतिशत बराबरको साधारण शेयर (आईपिओ) जारी गर्न अनुमति पाएको हो।

तिलोत्तमा, ५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको स्वाभिमानले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको शेयर जारी गर्नेछ । जसअनुसार एक करोड ९८ लाख रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता आईपिओ बिक्रीमा आउनेछ ।

आईपिओ निष्काशनका लागि माइक्रोफाइनान्सले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीको गत कार्तिक ५ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार बोडमा दिएको आवेदन बैशाख ११ गते स्वीकृत भएको हो।

हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दास्रो त्रैमासमा लघुवित्तले ८२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। मेरो लगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: