आफ्नै विद्यार्थीसँग प्रेममा परेकी शिक्षिकाले गरिन् श्रीमानको हत्या

सामान्यतया गुरु-शिष्यको सम्बन्धलाई निकै सम्मानका साथ हेर्ने गरिन्छ । तर भारतको हरियाणा राज्यको पानीपात जिल्लामा भने शिक्षिका र उनको विद्यार्थीबीच रहेको अवैध सम्बन्धका कारण एक जनाको ज्यान गएको छ ।

भारतीय समाचार माध्यमहरूमा प्रकाशित समाचार अनुसार पानीपत निवासी ३० वर्षीया शिक्षिकाले आफ्नै १९ वर्षीय विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै आएकी थिइन् ।

त्यति मात्र होइन ती शिक्षिकाको आफ्नै विद्यार्थीसँगको अबैध सम्बन्धबारे उनका श्रीमानले थाहा पाएपछि उनले त्यसको प्रतिकार गर्न थाल्दा उनले आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर श्रीमानको हत्या गरेको खुल्न आएको छ ।

प्रहरीले छानविन गर्ने क्रममा श्रीमानको शव घरभित्र टाउकोमा चोटको निशानसहित हात र खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो ।    उनले केही वर्षअघि मात्रै बिहे गरेकी थिइन् ।

प्रहरीको भनाइअनुसार अमिताले पिटिआईको पढाई गरिरहेकी थिइन् । यसै कारण उनी १० महिनादेखि बराबरमा रहँदै आएका आइटीआईको छात्र अमितलाई ट्युशन पढाउन सुरु गरेकी थिइन् ।

यसै क्रममा उनीहरुको अबैध सम्बन्ध सुरु भएको थियो । अहिले उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एजेन्सी

 

 

कमेन्ट गर्नुहोस्